चितवन, माघ २३ । भरतपुर महानगरपालिका वडा नं ५ स्थित श्री राष्ट्रिय माध्यमिक विद्यालय तोरीखेतमा नवनिर्मित सरस्वती माताको मन्दिर निर्माण सम्पन्न भएको छ। स्थानीय समाजसेवी श्री चिजकुमार श्रेष्ठ दम्पतीले स्वर्गीय बुबाआमाको स्मृतिमा सो मन्दिर निर्माण गरेकाहुन्।
माघ २३ गते श्री पञ्चमी तथा सरस्वती पुजाको शुभ अवसरमा एक कार्यक्रमका विच सो मन्दिर विद्यालयलाई हस्तान्तरण गरिएको हो। करिव डेढ लाख रुपैयाँको लागतमा निर्मित उक्त मन्दिर हस्तान्तरण गर्दै उनले आफू सदैव सेवामा लागेको बताउँदै छोराहरु कमल कपिल र करुणलाई पनि विद्यालयलाई माया गर्न प्रेरणा दिए। विद्यालयका प्रधानाध्यापक करुणा पण्डितलाई मन्दिरको प्रतिरुप पुष्पगुच्छा र पुस्तक प्रदान गर्दै मन्दिर हस्तान्तरण गरे।
उनको परिवारद्वारा आज भर्ना हुने बालबालिकाहरुलाई निशुल्क शैक्षिक सामग्री वितरण गरिएको थियो।
Facebook Comments


























