माघ २१ । म्यामारको सैन्य सरकारले प्रजातन्त्रवादी नेतृ आङ सान सू कीविरुद्ध भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरेको छ। योसँगै सैन्य सरकारले अहिलेसम्म सू कीविरुद्ध ११ मुद्दा दायर गरेको छ।
आफ्नी आमाको नाममा स्थापना भएको एउटा परोपकार संस्थालाई गैरकानुनी ढंगले ५ लाख ५० हजार सहयोग भन्दै प्रहरीले उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। सो मुद्दामा अदालतको सुनुवाइ बारेमा विस्तृत विवरण खुलाइएको छैन।
सैन्य सरकारविरुद्ध उत्तेजक अभिव्यक्ति दिएको, कोभिड नियम पालना नगरेको र दूरसञ्चारको नियम उल्लंघन गरेको विभिन्न अभियोगमा सूकीलाई यसअघि नै अदालतले ६ वर्ष जेल सजाय तोकेको छ। गत वर्षको फेब्रुवरीमा निर्वाचित सरकारलाई कु गरेपछि सूकी घरमै नजरबन्दमा छिन्। एजेन्सी
Facebook Comments


























