चितवन, माघ १९ । नेपालमा पछिल्लो २४ घण्टामा थप ७ हजार ५५५ जना संक्रमणमुक्त भएका छन्।
यस्तै थप ३ हजार ६३७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार ६ हजार ४९९ जनाको पीसीआर परीक्षण गर्दा २ हजार २०५ जना र ५ हजार ८३ जनाको एन्टीजेन परीक्षण गर्दा १ हजार ४३२ जना गरी कुल ३ हजार ६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
हाल देशभरमा ६९ हजार २९१ सक्रिय संक्रमित छन्।
कोरोना संक्रमणबाट एकैदिन १२ जनाको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्राले नियमित प्रेस ब्रिफिङका क्रममा पछिल्लो २४ घण्टामा १२ जनाको मृत्य भएको जानकारी दिइन्।
Facebook Comments


























