माघ १९ । कार्तिक आर्यन र कियारा आडवाणीको मुख्य भूमिका रहेको फिल्म ‘भूल भुलैया २’ सन् २०२२ को २० मेमा रिलिज हुनेछ।
टी- सिरिज र सिने वनको ब्यानरमा निर्माण भएको यस फिल्मलाई भूषण कुमार, मुराद खेतानी र कृष्ण कुमारले निर्माण गरेका हुन् भने निर्देशन अनीश बजमीले गरेका हुन्।
फिल्मको कथा फरहाद सामजी र आकाश कौशिकले लेखेका छन्। यस्तै, एसएस राजामौलीको ऐतिहासिक फिल्म ‘आरआरआर’ मार्च २५ मा रिलिज गर्ने तयारी गरिएको छ।
यसैगरी अमिताभ बच्चनको फिल्म ‘झुण्ड’ मार्च ४ मा रिलिज हुँदैछ।
Facebook Comments


























