काठमाडौं, माघ १९ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी जेठ ४ मै निर्वाचन गर्नुपर्ने बताएका छन्। बुधबार बसेको पार्टी केन्द्रीय सचिवालय बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन्।
उनले भने, ‘निर्वाचन आयोगले सिफारिस गरेको मितिमा नै स्थानीय तहको निर्वाचन गर्नुपर्छ।’
अध्यक्ष ओलीले देउवा सरकार सत्ता स्वार्थमा रहेको आरोप समेत लगाए। उनले भने,’ संविधान कार्यान्वयन र लोकतान्त्रिक अभ्यास, संघीयताको कार्यान्वयन गर्नुभन्दा पनि सत्ता स्वार्थमा केन्द्रित भयो।’
उनले समयमै चुनाव गराउन पटकपटक सरकारलाई ध्यानाकर्षण गराएको बैठकमा बताएका थिए।
Facebook Comments


























