मनिला, माघ ८ । शनिबार दिउँसो फिलिपिन्सको सारंगानीबाट २३१ किलोमिटर टाढा ६ म्याग्नेच्युटको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ। २३.९९ किलोमिटर गहिराईमा रहेको भूकम्पको केन्द्र शुरुमा ३.६९५१ डिग्री उत्तर अक्षांश र १२६.६७४७ डिग्री पूर्वी देशान्तरमा रहेको बताइएको छ।
त्यस्तै इन्डोनेसियाको उत्तरी सुलावेसी प्रान्तमा शनिबार ६.१ म्याग्निच्युडको भूकम्प गएको छ। भूकम्पको असरबारे विस्तृत विवरण आउँन बाँकी छ। भूकम्पले सम्भावित सुनामीको त्रास भने नदेखिएको मौसम विज्ञान र भूभौतिकी एजेन्सीले जनाएको छ।
जकार्ता समय बिहान ९ बजेर २६ मिनेटमा भूकम्प गएको थियो जसको केन्द्रबिन्दु तलाउड जिल्लाको मेलोन्गुआने सहरबाट ३९ किलोमिटर दक्षिणपूर्वमा र समुद्रको तल १२ किलोमिटर तल रहेको एजेन्सीले जनाएको छ। एजेन्सी
Facebook Comments


























