माघ ७ । नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार अमेरिकी एक डलरको खरिददर ११८ रुपैयाँ ९१ पैसा र बिक्रीदर ११९ रुपैयाँ ५१ पैसा रहेको छ।
यसैगरी युरो एकको खरिददर १३४ रुपैयाँ ९५ पैसा र बिक्रीदर १३५ रुपैयाँ ६३ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिददर १६२ रुपैयाँ ०१ पैसा र बिक्रीदर १६२ रुपैयाँ ८३ पैसा रहेको छ।
कतारी रियालको मूल्य एकको खरिददर ३२ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३२ रुपैयाँ ८२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
Facebook Comments


























