चितवन, पुस २६ । चितवनमा हुने सबै खाले मेला महोत्सव बन्द गर्ने निर्णय जिल्ला प्रशासन कार्यालय चितवनले गरेको छ।
जिल्ला प्रशासन कार्यालय चितवनमा आज (आइतवार) बसेको सर्वपक्षीय बैठकले चितवनमा भईरहेका र हुने तयारीमा रहेका सबै महोत्सव बन्द गर्ने निर्णय गरेको हो।
बैठकले चालु अवस्थामा रहेको चितवन महोत्सवलाई व्यवस्थापन गर्न दुई दिनको समय दिने निर्णय गरेको छ। रत्ननगर महोत्सव, खिचरा महोत्सव र देवघाटमा हुने माघे संक्रान्ति मेला बन्द गर्ने निर्णय गरेको हो। कोरोना संक्रमण बढ्दै गएपछि मेला महोत्सव बन्द गरिएको हो।
Facebook Comments


























