चितवन, पुस २५ । नेपालमा आइतबार थप २ सय २४ संक्रमित निको भएसँगै हालसम्म नेपालमा ८ लाख १४ हजार २ सय ३० जना निको भएका छन् ।
यस्तै, १ हजार १ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा गरिएको ८ हजार ८ सय ४८ पीसीआर परिक्षणका क्रममा ८ सय ४१ जना र ३ हजार ७ सय ८४ एन्टीजेन परिक्षणका क्रममा ३ सय २६ जनामा कोरोना संक्रमण पुष्टि हो।
स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो आँकडा अनुसार नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ३० हजार ४ पुगेको छ। त्यस्तै कोरोनाका कारण थप २ जनाको मृत्यु भएको छ।
हालसम्म नेपालमा ११ हजार ६ सय ४ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्। त्यस्तै ६ हजार ७ सय ५५ सक्रिय संक्रमित आइसोलेसनमा छन्।
Facebook Comments


























