पुस १७ । फ्रान्समा लागु भएको नयाँ कानुनअनुसार अधिकांश फलफूल तथा तरकारीहरु प्लाष्टिकमा प्याकिङ गर्न नपाइने भएको छ।
नयाँ वर्षको दिनदेखि लागु भएको कानुनअनुसार काँक्रो, कागती, सुन्तलासहितका ३० प्रकारका फलफूल तथा तरकारीहरु प्लाष्टिकमा प्याकिङ गर्न नपाइने भएको हो। तर ठूला प्याक तथा प्रशोधित फलफूलको प्याकिङका लागि भने छुट दिइने छ।
फ्रान्सले एकपटकमात्रै प्रयोग गर्न मिल्ने प्लाष्टिकको उपयोग सन् २०४० सम्ममा अन्त्य गर्ने प्रतिबद्धता जनाएको छ। राष्ट्रपति इम्यानुएल म्याक्रोँले पछिल्लो कानुनलाई सो प्रतिबद्धता पूरा गर्ने माध्यमका रुपमा चित्रित गरेका छन्।
फ्रान्समा एकतिहाइभन्दा बढी फलफूल तथा तरकारी प्लाष्टिकमा प्याक गरेर बेच्ने गरेको मानिन्छ। प्रतिबन्धले एकपटकमात्रै प्रयोग हुने प्लाष्टिकको उपयोग वार्षिक रुपमा ठूलो मात्रामा कम गर्ने ठानिएको छ।
Facebook Comments


























