पुस १२ । नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
जसअनुसार अमेरिकी एक डलरको भाउ स्थिर रहेको छ। शनिबार खरिददर ११९ रुपैयाँ ७४ पैसा र बिक्रीदर १२० रुपैयाँ ३४ पैसा रहेको डलरको भाउ आज पनि त्यति नै छ। अमेरिकी डलरको भाउ शुक्रबारदेखि सो मूल्यमा कारोबार भइरहेको छ।
यसैगरी युरो एकको खरिददर १३५ रुपैयाँ ५३ पैसा र बिक्रीदर १३६ रुपैयाँ २१ पैसा कायमै रहेको छ। बेलायती पाउण्ड एकको खरिददर १६० रुपैयाँ ३० पैसा र बिक्रीदर १६१ रुपैयाँ १० पैसा रहेको छ।
कतारी रियालको मूल्य एकको खरिददर ३२ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३३ रुपैयाँ ०४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
Facebook Comments


























