पुस १० । नवल नेपालको निर्देशन रहेको करिव ४ वर्ष अगाडि प्रदर्शनमा आएको फिल्म ‘मंगलम’ युट्युबमा पनि रुचाइएको छ। गत आइतबार सार्वजनिक यो फिल्मले युट्युबमा राम्रो प्रतिक्रिया बटुल्दै ट्रेन्डिङको शीर्ष स्थान ओगट्न सफल भएको हो।
समाचार तयार गर्दासम्म फिल्मले २३ लाख बढी भिउज र ६० हजार ५२ हजार बढी लाइक्स पाएको छ। दर्शकले फिल्मको कथावस्तु र कलाकारको अभिनयलाई विशेष रुचाएका छन्। पुष्प खड्का, शिल्पा पोखरेल, साम्राज्ञी आरएल शाह, मिथिला शर्मा, नीर शाह र पृथ्वीराज प्रसाईंको पनि मुख्य भूमिका फिल्ममा छ। नारीको बिषय मुख्य कथा बनाइएको फिल्म छविराज ओझाले निर्माण गरेका हुन्।
फिल्ममा विष्णु कल्पित घिमिरेको छायाङ्कन, दीपक शर्माको संगीत छ।
Facebook Comments


























