पुस १० । नेपाल राष्ट्र बैंकले आज शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार अमेरिकी एक डलरको खरिददर ११९ रुपैयाँ ७४ पैसा र बिक्रीदर १२० रुपैयाँ ३४ पैसा रहेको छ।
यसैगरी युरो एकको खरिददर १३५ रुपैयाँ ८२ पैसा र बिक्रीदर १३६ रुपैयाँ ५० पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिददर १६० रुपैयाँ ५८ पैसा र बिक्रीदर १६१ रुपैयाँ ३९ पैसा रहेको छ।
कतारी रियालको मूल्य एकको खरिददर ३२ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३३ रुपैयाँ ०५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
Facebook Comments


























