मुम्बई, पुस ९ । टेलिभिजन रियालिटी शो ‘बिग बोस’का निर्माताहरु यतिबेला तनावमा छन्। खासगरी यो शोको नाममा ठगीधन्दा चलेपछि उनीहरु तनावमा देखिएका हुन्।
यो शो हिन्दीका अलावा तमिल, तेलुगु, मराठी, कन्नड, मलयालम र बांग्ला भाषामा पनि प्रसारण हुन्छ। यी शोमा फिल्म उद्योगका चर्चित कलाकारहरु होस्ट छन्।
यहीबीचमा ‘बिग बोस’को नाममा ठगीधन्दा सुरु भएको छ। केही व्यक्तिले ‘बिग बोस जम्मु’ नामबाट एक शो चलाउने सम्पूर्ण तयारी पुरा गरेका छन्। यो बारे थाहा पाएपछि ‘बिग बोस’ निर्माता एण्डोमोल शाइन प्रोडक्सनले पत्रिकामा स्पष्टीकरण पत्रको सूचना नै निकालेको छ।
‘बिग बोस हाम्रो ट्रेडमार्क हो र हामीलाई केही व्यक्तिले बिग बोस जम्मू नामबाट एक शो शुरु गर्न लागेको खबर आएको छ। यो शो हामीसँग कुनै पनि किसिमले सम्बन्धित छैन। हाम्रो अनुमति बिना नै बिग बोसको नाम प्रयोग गर्नु गैर कानूनी हो। हामी आम मानिसहरुलाई यस्तो शोमा सहभागिता नजनाउन अनुरोध गर्दछौं’, पत्रमा लेखिएको छ। बलिउड लाइफ

























