पुस ७ । नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार अमेरिकी एक डलरको खरिददर १२० रुपैयाँ ६७ पैसा र बिक्रीदर १२१ रुपैयाँ २७ पैसा रहेको छ।
यसैगरी युरो एकको खरिददर १३६ रुपैयाँ ३१ पैसा र बिक्रीदर १३६ रुपैयाँ ९९ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिददर १५९ रुपैयाँ ०६ पैसा र बिक्रीदर १६० रुपैयाँ ७६ पैसा रहेको छ।
कतारी रियालको मूल्य एकको खरिददर ३३ रुपैयाँ १४ पैसा र बिक्रीदर ३३ रुपैयाँ ३० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
Facebook Comments


























