काठमाडौँ, पुस २ । नेपाली कांग्रेसको सहमहामन्त्रीमा बद्रि पाण्डे विजयी भएका छन्। शुक्रबार सम्पन्न मतगाणनामा पाण्डे पिछडिएको क्षेत्रको कोटामा सहमहामन्त्री निर्वाचित भएका हुन्।
शेखर कोइराला प्यानलका पाण्डेले देउवा प्यानलका जीवनबहादुर शाहीलाई पराजित गरेका हुन्। पाण्डेले २४११ र शाहीले २१३३ मत पाएका छन्। शाही कर्णाली प्रदेशका मुख्यमन्त्रीसमेत हुन्।
शुक्रबार पदाधिकारीको मतगणना सम्पन्न भएको छ। अब केन्द्रीय सदस्यको मतगणना सुरु हुनेछ। सभापतिमा देउवा, उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीमा उमाकान्त चौधरी, किशोरसिंह राठौर, महेन्द्र यादव, महालक्ष्मी उपाध्याय (डिना), जीवन परियार र बद्रि पाण्डे विजयी भएका छन्। यस्तै दुईजना केन्द्रीय सदस्य पनि निर्विरोध निर्वाचित भइसकेका छन्।
अब खुल्ला ३५ र अन्य आरक्षित गरी ११९ जना केन्द्रीय सदस्यको मतगणना हुन बाँकी छ।


























