काठमाडौँ, पुस २ । नेपाली कांग्रेसको सहमहामन्त्रीमा खसआर्यतर्फ किशोरसिंह राठौर निर्वाचित भएका छन्। शुक्रबार सम्पन्न मतगणनामा उनले देवराज चालिसेलाई पराजित गर्दै जित पारेका हुन्।
यस्तै मुस्लिमतर्फको सहमहामन्त्रीमा देउवा प्यानलकै फरमुल्लाह मन्सुर विजयी भएका छन्। यस्तै थारु सहमहामन्त्रीतर्फ उमाकान्त चौधरी विजयी भएका छन्। सिटौला समूहका उनी देउवाको प्यानलमा थिए। ८ सहमहामन्त्रीमध्ये ६ सहमहामन्त्रीको नतिजा आइसकेको छ।
Facebook Comments


























