चितवन, पुस १ । चौथो राष्ट्रिय झण्डा दिवसको अवसरमा भरतपुरको चौबिसकोठीमा राष्ट्रिय झण्डा फहराईएको छ।
“हाम्रो मान हाम्रो शान रास्ट्रीय झन्डा हाम्रो पहिचान” भन्ने नाराका साथ भरतपुर महानगरपालिका र हेल्प फर ह्याप्पिनेसको संयुक्त आयोजनामा चौबिसकोठीमा ६५ फिटको उचाईमा २४ फिट अग्लो झण्डा राखिएको हो। सोही स्थानमा गत वर्ष पनि शहिद दिवसको अवसरमा भरतपुर महानगरपालिका र हेल्प फर ह्याप्पिनेसले राष्ट्रिय झण्डा राखेको थियो। उक्त पुरानो झण्डा हटाएर नयाँ झण्डा राखिएको हो।
झण्डोत्तोलन कार्यक्रममा बोल्दै भरतपुर महानगर प्रमुख रेनु दाहालले झण्डा दिवसको शुभकामना दिईन्।
कार्यक्रममा भरतपुर महानगर उपमेयर पार्वती शाह ठकुरी, प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ, चितवनका प्रहरी प्रमुख, एसपी ओमप्रसाद अधिकारी, ट्राफिक प्रमुख भग्वानराज थापा, वेटर चितवन लगाएत बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुलगायतको उपस्थिति रहेको थियो।


























