मुम्बई, मंसिर २९ । अभिनेता शाहरुख खानका छोरा आर्यन खानलाई क्रुज शिप ड्रग मुद्धामा ठूलो राहत मिलेको छ। अदालतले आर्यनलाई एनसीबीको कार्यालयमा हरेक शुक्रबार जानुपर्ने नियम रद्द गरेको छ। तर उनले सीट दिल्लीले बोलाएको खण्डमा भने उनी उपस्थित हुनुपर्ने अदालतले आदेश दिएको छ।
आर्यनले दिएको याचिका निवेदनमा बुधबार दिउँसो बम्बे हाई कोर्टले सुनुवाई गरेको थियो। आर्यनको तर्फबाट अधिवक्ता अमित देसाईले बहस गरेका थिए। ‘हामी शुक्रबारको हाजिरीको मामलामा जमानतको शर्त ‘जे’मा संशोधनको माग गरिरहेका छौं। अहिले यहाँ केही भइरहेको छैन। उनीहरु जहिल्यै चाहन्छन्, बोलाउन सक्छन्। एनसीबीको मुम्बई ब्राञ्च पनि एसआईटीको हातमा मुद्धा पुगेपछि यो मामलामा सक्रिय देखिएको छैन’, अधिवक्ता देसाईले भनेका छन्।
आर्यनको विषयमा अदालतले निर्णय सुनाउदै एसआईटीले बोलाएको खण्डमा ७२ घण्टाभित्र आर्यन दिल्लीको टिमसमक्ष उपस्थित हुनुपर्नेछ।
आर्यनलाई हरेक शुक्रबार बिहान ११ बजेदेखि दिउँसो दुई बजेसम्म नार्कोटिक्स कन्ट्रोल ब्यूर (एनसीबी) को कार्यालयमा उपस्थित हुनुपर्थ्यो। यो उनको जमानत आदेशमा लेखिएको १४ शर्तमध्ये एक थियो। यो शर्तलाई परिवर्तन गर्नका लागि आर्यनले पछिल्लो दिनमा बम्बे हाईकोर्टको अदालत ढकढक्याएका थिए। याचिकामा उनले मुद्धालाई एनसीबीले एसआइटीलाई हस्तान्तरण गरेकाले आफ्नो शर्तमा छुट हुनुपर्ने माग राखेका थिए। दैनिक भास्कर


























