काठमाडौं, मंसिर २८ । एमाले नेता प्रदीप ज्ञवालीलाई कोरोना संक्रमण भएको छ। नेता ज्ञवालीले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन्।
उनले आफूलाई कोरोना संक्रमणको हल्का लक्षण देखिएको उल्लेख गर्दै आफूसँग ४–५ दिन यता सम्पर्कमा रहेका व्यक्तिहरुलाई सावधानी अपनाउदै स्वास्थ्य परीक्षण गर्न आग्रह गरेका छन्।
Facebook Comments


























