मंसिर २८ । इन्डोनेसियामा मंगलबार ७.६ म्याग्नीच्युडको भूकम्प गएको छ। देशको फ्लोरेस समुन्द्रनजिकै पर्ने ठाउँमा भूकम्प गएको र आँधीको समेत खतरा रहेको अधिकारीहरुले जनाएका छन्।
झण्डै एक हजार किलोमिटर टाढादेखि आँधीको संभावना रहेको समाचारमा जनाइएको छ। यसअघि गत आइतबार राती पनि मालुकु प्रान्तमा केन्द्रविन्दु भएर ५.६ म्याग्नीच्युडको भूकम्प आएको थियो। एजेन्सी
Facebook Comments


























