चितवन, मंसिर २६ । पछिल्लो २४ घन्टामा देशभर थप २३४ जना संक्रमणमुक्त भएका छन्।
यस्तै, २५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। देशभरका विभिन्न प्रयोगशालामा ८ हजार ६८२ जनाको नमुना परीक्षण गर्दा २५४ जनामा संक्रमण पुष्टि भएको हो।
यसैगरी पछिल्लो २४ घन्टामा थप १ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। यससँगै हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५५४ पुगेको छ।
नेपालमा हाल ५ हजार ८९० जना सक्रिय संक्रमित छन्।
Facebook Comments


























