मंसिर २५ । बाहुबली चलचित्रका निर्देशक एसएस राजामौलीद्वारा निर्देशित आरआरआरको ट्रेलर इन्टरनेटमा धमाका मच्चाइरहेको छ। हिन्दी, तामिल, तेलुगु, मलयालम र कन्नड गरी पाँच भाषामा रिलिज गरिएको ट्रेलरले मात्र २४ घण्टामा ५ करोड बढी भ्यूज प्राप्त गरेको छ। मात्र २४ घण्टामा ५ करोड बढी भ्यूज प्राप्त गर्ने यो पहिलो भारतीय चलचित्र बनेको छ।
यसले अन्य चलचित्रका ट्रेलरले बनाएको रेकर्ड पनि तोड्ने आँकलन गरिएको छ। हालसम्म सबैभन्दा धेरै पटक हेरिएको ट्रेलरको रेकड कन्नड अभिनेता यशको नाममा रहेको छ। केजीएफ च्याप्टर २ को टिजरले २२।८ करोड भ्यूज प्राप्त गरेको छ। दोस्रो स्थानमा १३ करोड भ्युजसहित ऋतिक र टाइगर श्रौफ अभिनित वार रहेको छ। तेस्रो स्थानमा १२।४ करोड भ्युजसहित बाघी ३ रहेको छ।
Facebook Comments


























