मंसिर २२ । भारतीय सेनाध्यक्ष (चीफ अफ डिफेन्स स्टाफ) विपिन रावत चढेको हेलिकोप्टर दुर्घटनाग्रस्त भएको छ।
रावत र उनकी पत्नीसहित १४ जना सवार भारतीय सेनाको एमआई(सिरिज हेलिकप्टर तमिलनाडुको कुन्नुरस्थित घना जंगलमा खराब मौसमका कारण दुर्घटना भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।
वेलिंगटनस्थित आर्म्ड फोर्सेज कलेजमा लेक्चर दिएर फर्किँदै गर्दा रावत चढेको हेलिकोप्टर कुन्नुरमा दुर्घटनामा परेको हो। रावत कुन्नुर हुँदै दिल्ली फर्किने कार्यक्रम थियो।
घटनास्थलबाट तीन जनाको उद्धार गरेर अस्पताल लगिएको छ। केही शव जलेको अवस्था फेला परेको र अन्यको खोजी चलिरहेको छ। उद्धारका लागि वायुसेनाको टुकुडी, प्रहरी र स्थानीय खटिएका छन्। दुर्घटनामा परेका रक्षा प्रमुख रावतको अवस्था अज्ञात छ।
इण्डियन एयर फोर्सले दुर्घटनाको जाँच गर्न अधिकारीहरुलाई निर्देशन दिएको ट्वीटरमार्फत जनाएको छ। एजेन्सी


























