काठमाडौँ, मंसिर २२ । नेपाली कांग्रेसको १४औं महाधिवेशनका लागि ४ हजार ३१९ प्रतिनिधि छनोट भएका छन्।
कांग्रेस केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको प्रारम्भिक सूचीअनुसार देशभरबाट ती प्रतिनिधि चयन भएका हुन्। कांग्रेसको केही जिल्लामा अझौ अधिवेशन हुन बाँकी छ। सर्लाहीका प्रतिनिधिको नाम पनि यसमा समेटिएको छैन।
अन्तिम सूची भने मंसिर २४ गते विहान १० बजे प्रकाशन हुने निर्वाचन समितिले जनाएको छ।
Facebook Comments


























