चितवन, मंसिर १९ । मुलुकभर पछिल्लो २४ घण्टामा ४३६ जना कोरोना संक्रमणमुक्त भएकाछन् । त्यस्तै संक्रमणमुक्त हुनेको संख्या ८ लाख ४ हजार ५४४ पुगेको छ।
यस्तै, २०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ९९५ जनामा पीसीआर परीक्षण गर्दा २०० जना र २ हजार ७५२ जनामा एन्टीजेन परीक्षण गर्दा ५ जनामा कोरोना पोजेटिभ भेटिएको हो। सोही अवधिमा ४३६ जना संक्रमणमुक्त हुँदा १ जनाको मृत्यु भएको छ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या पीसीआरतर्फ ८ लाख २२ हजार ५९२ पुगेको छ भने एन्टीजेनतर्फ ९५ हजार ५९२ पुगेको छ। त्यस्तै संक्रमणमुक्त हुनेको संख्या ८ लाख ४ हजार ५४४ पुगेको छ। कोरोना संक्रमणका कारण हालसम्म ११ हजार ५४१ जनाको मृत्यु भएको छ।
मन्त्रालयका अनुसार मुलुकभर ६ हजार ५०७ जना कोरोनका सक्रिय संक्रमित छन्। तीमध्य ६ हजार १६३ जना होम आइशोलेसनमा रहेका छन् भने ३४७ जना संस्थागत आइशोलेसनमा छन्। त्यस्तै ९७ जना क्वारेन्टाइनमा रहेका छन्।
त्यस्तै १०७ जना आइसियूमा रहँदा २८ जना भेन्टिलेटरमा उपचाररत छन्।


























