मंसिर १९ । अमेरिका र उसका गठबन्धन देशहरुले अफगानिस्तानमा पूर्व सुरक्षाकर्मीहरुमाथि भइरहेका आक्रमण तत्काल रोक्न माग गरेका छन्।
अमेरिकासहित २२ देशहरुले एक विज्ञप्ति जारी गर्दै पूर्व सरकारका सुरक्षाकर्मीहरुलाई हमला नगर्न र मुस्लिम शासन सम्मान गर्न माग गरेका हुन्। ‘तालिवानले ठूलो संख्यामा पूर्वसुरक्षाकर्मी र सरकारी कर्मचारीको हत्या गरेको विवरणप्रति हामी गम्भीर चासो व्यक्त गर्दछौ,’ विज्ञप्तिमा भनिएको छ।
तालिवानले पूर्वसुरक्षाकर्मी र कर्मचारीहरुको हत्या गरेको विवरण सार्वजनिक भइरहेका बेला पश्चिमेली देशहरुले चासो जनाएका हुन्। यसै साता मानवअधिकारवादी समूह ह्युमन राइट वाचले एक प्रतिवेदन सार्वजनिक गर्दै तालिवानले १०० सुरक्षाकर्मीको हत्या गरेको जनाएको थियो। एजेन्सी
Facebook Comments


























