चितवन, मंसिर १९ । चितवनमा पहिलो पटक क्रान्तिकारी पत्रकारका लागि ‘अग्रिम पत्रकारिता’ पुरस्कार स्थापना गरिएको छ। प्रेस सेन्टर चितवनका वरिष्ठ उपाध्यक्ष राजेन्द्र आचार्यले आफ्नो छोरा अग्रिम आचार्यको नाममा १ लाख १ हजार ५ सय रुपैयाँको अक्षयकोषको स्थापना गरेकाहुन्।
शनिवार एक कार्यक्रमका बिच नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पत्रकार राजेन्द्र आचार्य र उनका बुवा हरिप्रसाद शर्माले अक्षयकोषका लागि चेक हस्तान्तरण गरेका थिए। सौराहा अनलाइनको सञ्चालक मिडिया अग्रिम मिडिया नेटवर्क प्रालिको पहलमा स्थापना गरिएको अक्षयकोषबाट आउने ब्याजले हरेक बर्ष जिल्लामा क्रियाशिल एक जना क्रान्तिकारी युवा पत्रकारलाई पुरस्कार प्रदान गरिने पत्रकार आचार्यले जानकारी दिए।
चितवनमै पहिलोपटक स्थापना गरिएको क्रान्तिकारी पत्रकारिता पुरस्कारको अक्षयकोषलाई बढाएर ५ लाखसम्म पुर्याईने आचार्यका बुवा हरिप्रसाद शर्माले जानकारी दिए। सो रकमको चेक पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल प्रेस सेन्टरका जिल्ला अध्यक्ष सुर्य पाठकलाई हस्तान्तरण गरेका थिए।


























