चितवन, मंसिर १८ । नेपालमा पछिल्लो चौबिस घण्टामा थप ३ सय ९२ संक्रमित निको हुँदा हालसम्म नेपालमा ८ लाख ४ हजार १ सय ८ संक्रमित निको भएका छन्।
यस्तै, शनिबार २ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। देशभर गरिएको ५ हजार २ सय ९५ पिसिआर परिक्षणका क्रममा २ सय २० जना र १ हजार ५ सय २ एन्टीजेन परिक्षणका क्रममा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख १७ हजार ९ सय ७९ पुगेको छ। त्यस्तै कोरोनाका कारण थप ५ जनाको मृत्यु भएको छ। हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ५ सय ४० जनाले ज्यान गुमाएका छन्।
त्यस्तै हाल नेपालमा ६ हजार ७ सय ४४ सक्रिय संक्रमित आइशोलेशन र ९८ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।
Facebook Comments


























