मंसिर १७ । सानिमा बैंकको १० लाख कित्ता संस्थापक सेयर बिक्री हुँदैछ। बैंकको केही संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको १० लाख कित्ता सेयर बिक्री गर्न लागेका हुन्। इच्छुक संस्थापक सेयरधनीले न्यूतम २२० रुपैयाँलाई आधार मानेर सेयर खरिदका लागि आवेदन दिन सक्नेछन्।
इच्छुक संस्थापकले मंसिर १७ गते अर्थात शुक्रबारदेखि ३५ दिनभित्र सानिमा बैंकको प्रधान कार्यालय नारायणचौर नक्सालमा निवेदन दिनसक्ने छन्। यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ।
Facebook Comments


























