मंसिर १५ । खाडी राष्ट्र साउदी अरबमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमित व्यत्ति भेटिएका छन्। साउदीको सरकारी समाचार एजेन्सी एसपीएका अनुसार उत्तरी अफ्रिकाको एक देशबाट आएका व्यत्तिमा ओमिक्रोन संक्रमण पाइएको हो।
संक्रमित व्यक्ति र उनको सम्पर्कका आएका अन्य व्यक्तिहरुलाई आइसोलेसनमा राखिएको साउदी समाचार एजेन्सीले जनाएको छ। मध्यपूर्व र उत्तरी अफ्रिकामा ओमिक्रोन भाइरसको यो पहिलो संक्रमण हो।
साउदी ले आज नै कोरोना महामारीका कारण बिभिन्न देशमाथि लगाएको यात्रा प्रतिबन्ध हटाएको छ। यसमा भारत, इजिप्ट, पाकिस्तान, इन्डोनेसिया, ब्राजिल र भियतनाम रहेका छन्। बिबीसी
Facebook Comments


























