मंसिर १५ । कलाकार कुमार कट्टेल ‘जिग्री’को स्वरमा रहेको गीत ‘मायलो जीवन सजाऊ’ सार्वजनिक भएको छ। गीतमा कुमारलाई गायिका अस्मिता अधिकारीले साथ दिएकी छन्। गीतमा अर्जुन पोखरेलको शब्द र संगीत छ।
भिडियोमा सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’को अभिनय रहेको छ। यसअघि जिग्रीले गाएको ‘मञ्जुरी’ बोलको गीत सार्वजनिक भइसकेको छ।
धुर्मुस सुन्तलीको १४ औं वैवाहिक वर्षगाँठको अवसर पारेर गीत सार्वजनिक गरिएको हो। दाजुभाउजुको वैवाहिक वर्षगाँठलाई थप विशेष बनाउन पनि आफ्नो स्वरमा रहेको गीत सुम्पिएको जिग्रीले बताए।
रामजी लामिछानेको कोरियोग्राफी तथा निर्देशन रहेको गीतमा धुर्मुस सुन्तलीलाई वैवाहिक वर्षगाँठ मनाउन व्यस्त प्रेमिल दम्पतीको रुपमा प्रस्तुत गरिएको छ। राजेन्द्र मोक्तानको रंग संयोजन तथा बन्दे प्रसादको सम्पादन रहेको गीतको भिडियो धुर्मुस सुन्तली युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।


























