मंसिर १३ । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजार (नेप्से) परिसूचक २१.५१ अङ्कले घटेको छ। सोमबार कारोबारको अन्तिम समयसम्म नेप्से परिसूचक ०.८१ प्रतिशतले घटेर २६२९.९१ बिन्दुमा आइपुगेको छ।
सेन्सेटिभ परिसूचक ५.९२ अङ्कले घटेर ४९५.५३ बिन्दुमा पुगेको छ। कारोबारमा आएका १३ वटा उपसमूहमध्ये २ वटा उपसमूह मात्र बढेको छ भने बाँकी सबै उपसमूहका सूचक घटेका छन्।
सोमबार २ सय २८ कम्पनीका ८२ लाख २५ हजार ८ सय २२ कित्ता सेयर ४ अर्ब ८९ लाख ३७ हजार १ सय ३३ रुपैयाँमा खरिदरबिक्री भएको छ। न्यादी हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर मूल्य ९.९९ प्रतिशत बढेको छ भने सामलिङ पावर कम्पनी लिमिटेडको सेयर मूल्य समायोजन ९.९८ प्रतिशतले बढेको छ।
Facebook Comments


























