काठमाडौँ, मंसिर ९ । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधीले पार्टीको १४औँ महाधिवेशनमा सभापति पदका लागि उम्मेदवारी घोषणा गरेका छन्।काठमाडौंको थापागाउँस्थित एक ब्यांक्वेटमा पत्रकार सम्मेलन गर्दै निधीले सभापतिका लागि औपचारिक उम्मेदवारी घोषणा गरेका हुन्।
पत्रकार सम्मेलनमा उनले भने, ‘मैले नेपाली कांग्रेसको केन्द्रीय सभापति पदमा आफूलाई प्रस्तुत गरेको छु। परिवर्तित राजनीतिक प्रणालीको व्यवहारिक पक्षहरुलाई सार्थक गर्नुपर्ने विवेक र तर्कको कसीमा मेरो उम्मेदवारी रहेको स्पष्ट गर्न चाहन्छु।’
आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई बहुमतका साथ विजयी गराउने, कांग्रेसमा पुस्तान्तरण प्रक्रियालाई सहजीकरण गर्ने, संविधान संशोधनको विषय पार्टीको आधिकारिक निर्णय अनुसार कार्यान्वयन गराउने र गणतन्त्रलाई संस्थागत गर्ने उनले प्रतिवद्धता पनि जनाएका छन्।
Facebook Comments


























