मंसिर ६ । नेपाली बजारमा आज सुन र चाँदीको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज छापावाल सुनको मूल्य ९३ हजार ९०० तोकिएको छ।
त्यसै गरी तेजाबी सुनको आजको मूल्य प्रतितोला ९३ हजार ४०० रुपैयाँ कायम भएको छ। सुनको मूल्य हिजोको तुलनामा आज प्रतितोला २०० रुपैयाँले बढेको हो।
त्यस्तै चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेर एक हजार २७० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ। चाँदी आइतबार प्रतितोला रुपैयाँ एक हजार २६० मा कारोबार भएको थियो।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीको मूल्यको उतारचढावका आधारमा यहाँ दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ।
Facebook Comments


























