मंसिर ३ । नारायणी डेभलपमेन्ट बैंकलाई १०० प्रतिशत हकप्रद सेयर बिक्री गर्न धितोपत्र बोर्डले अनुमति दिएको छ। बैंकले १ः१ अनुपातमा १३ लाख १२ हजार ३३८ कित्ता हकप्रद सेयर जारी गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति पाएको हो। यसमा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गर्नेछ।
बैंकले यसअघि १ः२ अनुपातमा हकप्रद सेयरको लागि केन्द्रीय बैंकसँग अनुमति मागेको थियो। तर, केन्द्रीय बैंकले १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने अनुमति दिएसँगै सोहीअनुसार प्रक्रिया अगाडि बढाएको हो। यसअघि बैंकले गत माघ १३ गतेबाट फागुन ३ गतेसम्म १०० प्रतिशत हकप्रद सेयर निष्कासन गरेको थियो।
Facebook Comments


























