चितवन, मंसिर ३ । नेकपा एकीकृत (समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमाले अब इतिहासमा मात्रै सीमित रहने बताएका छन्।
भरतपुर विमानस्थलमा एकीकृत समाजवादी प्रेस संगठन चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता नेपालले पाँच दलको गठबन्धन लामो समयसम्म रहने सहमति भएको जनाउँदै एकअर्कालाई सहयोग गरेर अघि बढ्ने बताए।
नेकपा एमालेतर्फ इङित गर्दै नेपालले भने,’ सबै काम एकीकृत समाजवादीले गरेको हुनाले यसको नाम सुन्ने वित्तिकै थरथर काप्न थाल्छन्।’
चितवनमा हुने एमाले महाधिवेशनमा नेपाललाई नबोलाउने भनेर एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले भनेको कुरामा नेपालले कसैको पाहुना बन्न चाँसो नभएको बताए।
सर्वोच्च अदालतमा देखिएको समस्या समाधानका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले अग्रसरता लिएर समाधान गर्नुपर्ने उनले बताए। न्यायालयमा भएको विवादको विषयमा सत्ता साझेदार पाँच दलबीच छलफल भएको बताउँदै प्रधानमन्त्रीले नै सबैसँग परामर्श गरेर पहल गर्ने बताए।


























