काठमाडौँ, मंसिर ३ । नेपाल बार एसोसिएसनले आज पनि सर्वोच्च अदालत परिसरमा धर्ना जारी राखेको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दै बारले आज तेस्रो चरणको अन्तिम दिन आन्दोलन गरिरहेको छ।
उसले आजसम्म राजीनामा दिन प्रधानन्यायाधीश राणालाई तीन दिनको अल्टिमेटम दिएको थियो। आफूहरुले भनेअनुसार राजीनामा नआए भोलिदेखि देशभरका उच्च अदालतमा पनि आन्दोलन गर्ने बारको तयारी छ। जहाँ सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ।
बारको आन्दोलनलाई समर्थन गरेको सर्वोच्च अदालतकै न्यायाधीशहरू आजबाट इजलासमा फर्किदै छन्। गोलाप्रथाद्वारा मुद्दाको पेसीको तोक्ने राणाले सहमति जनाएपछि न्यायाधीशहरू इजलास फर्किन तयार भएका हुन्।
तर, बारले भने राणाको राजीनामालाई बटमलाइन बनाएर आन्दोलनलाई जारी राख्ने भएको छ।
पर्सा बारका पूर्व अध्यक्ष पन्नालाल गुप्ताले यो आन्दोलन अदालतमा भइरहेको विकृर्ती, विसंगती सुधारका लागि भएको बताएका छन्। सर्वोच्चमा जारी बारको धर्नालाई संवोधन गर्दै उनले यो आन्दोलनमा प्रदेश २ का सम्पूर्ण बारहरुको समर्थन रहेको बताए।


























