मंसिर ३ । क्लासिक फ्रेमको प्रस्तुतिमा सुधन धिताल तथा श्याम खत्रीको निर्माण रहेको नयाँ नेपाली फिल्म ‘तिम्रो हुने कहिले’ आज (शुक्रवार) देखि प्रदर्शन हुँदैछ। फिल्मको निर्देशन निर्देशक राजु गिरीले गरेका हुन्।
यो फिल्म शुक्रवारदेखि डिस्क होममा पनि प्रदर्शन हुन लागेको जानकारी निर्देशक गिरीले दिएका छन्। फिल्मको छायांकन रामकृष्ण चौलागाईंले गरेका हुन् भने सम्पादन ललित सिंह साउदले गरेका हुन्।
यसैबीच, फिल्मको ‘दैव लाग्यो मायामा’ बोलको गीत सार्वजनिक गरिएको छ। यो गीतमा अनिल खनालको शब्द, रामभक्त जोजिजु स्वर तथा बाबुल गिरीको संगीत छ।
‘तिम्रो हुने कहिले’ मा रामजी लामिछाने र सुनिता वस्नेतको नृत्य निर्देशन छ।
‘तिम्रो हुने कहिले’ मा प्रकाश चन्द, करुणा पाण्डे, मिना जिसि, सविन बास्तोला, सुधन धिताल, ललित सिंह आदि कलाकारले अभिनय गरेका छन्।
टिकटकमा भाईरल प्रकाश चन्दको ‘तिम्रो हुने कहिले’ डेब्यु फिल्म हो।


























