काठमाडौँ, मंसिर २ । सर्वोच्च अदालतका न्यायाधीशहरूको पूर्ण बैठक (फुलकोर्ट) शुरु भएको छ। निर्धारित समयभन्दा केही ढिलो गरी बैठक सञ्चालन भएको छ।
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको अध्यक्षतामा फुलकोर्ट जारी छ।
अदालतमा देखिएका विवाद समाधान गर्न फुलकोर्ट बैठक राखिएको हो। बैठकमा सर्वोच्च अदालतमा मुद्दाको पेसी तोक्न गोलाप्रथा प्रणालीका सम्बन्धमा छलफल हुनेछ।
गोलाप्रथाद्वारा पेसी तोक्ने न्यायाधीश हरिकृष्ण कार्की संयोजकत्वको प्रतिवेदन लागू नगर्ने प्रधानन्यायाधीश जबराको निर्णयको विरोध गर्दै सर्वोच्चका न्यायाधीशहरू आन्दोलित छन्। प्रधानन्यायाधीश जबराविरुद्धको आन्दोलनको नेतृत्व नेपाल बार एसोसिएसनले गरिरहेको छ।
Facebook Comments


























