कार्तिक २९ । पेट्रोलियम पदार्थलगायत दैनिक उपभोग्य सामानमा भएको मूल्य वृद्धिविरुद्ध नेत्रविक्रम चन्द विप्लवले नेतृत्व गरेको नेकपाले मंगलबार नेपाल बन्द गर्ने भएको छ।
सो पार्टीका इन्चार्ज प्रज्वलनले सोमबार साँझ विज्ञप्ति जारी गर्दै इन्धनलगायत दैनिक उपभोग्य सामानको मूल्य वृद्धि खारेजीका लागि सरकारलाई चौतर्फी दबाब दिनुपर्ने बताएका छन्।
उनले बन्द रहर नभई बाध्यता भएको भन्दै यो सरकारलाई चौतर्फी दबाब दिन बन्दलाई सहयोग गर्नसमेत आह्वान गरेका छन्।

Facebook Comments


























