चितवन, कार्तिक २९ । नेकपा एमाले चितवनले जिल्लाका सम्पूर्ण पार्टी सदस्यहरुलाई पूर्णकालिन हुन निर्देशन दिएको छ। आज (सोमबार) भरतपुरमा सम्पन्न पार्टी जिल्ला कमिटीको विस्तारित बैठकले सबै सदस्यहरुलाई महाधिवेशन केन्द्रीत हुन निर्देशन दिएको हो।
जिल्ला अध्यक्ष पार्वती रावलको अध्यक्षतामा सम्पन्न बैठकले अबका दश दिन पूर्णकालीन भएर चितवनको सम्पूर्ण पार्टी पंक्ति युद्धस्तरमा महाधिवेशनको तयारी कार्यमा जुट्न निर्देशन गरेको छ। निर्देशनमा भनिएको छ “जसलाई जे जिम्मेवारी आउने छ। त्यसलाई हरहालतमा पूरा गर्ने संकल्पका साथ काममा जुट्नका लागि आग्रह सहित निर्देशन गरिन्छ।”
पार्टीको १० औं महाधिवेशन भव्य र सभ्य रुपमा सम्पन्न गर्न जिम्मेवारी तोकेको छ। जस अनुसार देवी ज्ञवाली जनपरिचालन, जेएन थपलिया आर्थिक प्रबन्ध, विजय सुवेदी प्रचारप्रसार, कपिल पोखरेल कार्यालय समन्वय, काशिनाथ अधिकारी अनुगमन र कृष्णप्रसाद भूर्तेललाई यातायात प्रबन्धको जिम्मेवारी दिईएको छ।
यस्तै बैठकले जिल्लाका ९८ वटा र दुई शाखा कमिटीका लागि उत्प्रेरक तोकेको छ। उत्प्रेरकहरुले सम्बन्धित वडालाई महाधिवेशनमा सक्रिय बनाउन भूमिका खेल्ने अध्यक्ष रावलले जानकारी दिए।
एमाले चितवनले मंसिर १ गते १ बजे जिल्ला पार्टी कार्यालय भरतपुरमा जिल्ला सल्लाहकार परिषद्को र मंसिर २ गते ११ बजे जेष्ठ कम्युनिष्ट मञ्चको बैठक समेत आव्हान गरेको छ।
सो अवसरमा महाधिवेशन व्यवस्थापन समितिका सहसंयोजक सुरेन्द्र पाण्डेले चितवनबाट उद्घाटन समारोहमा एक लाख कार्यकर्ता सहभागि गराउनु पर्ने बताए। उनले छिमेकी जिल्ला नवलपरासीले ५५ हजार सहभागि गराउने बताएको भन्दै चितवनले एक लाखलाई सहभागी गराउने गरी तयार गर्नुपर्ने बताए।
एमाले केन्द्रीय सदस्य एवं चितवन जिल्ला ईन्चार्ज काशिनाथ अधिकारीले चितवनले महाधिवेशन गर्ने अवसर प्राप्त गरेको भन्दै सम्पूर्ण कार्यकर्ता आआफ्नो ठाउँबाट परिचालित हुन आग्रह गरे।
एमाले चितवनले तोकेका उत्प्रेरकहरु:
रत्ननगर नगरपालिका
वडा नं. १ शालिग्राम पराजुली/पुष्प जोशी
वडा नं. २ प्रेमनाथ दुवाडी/प्रताप डल्लाकोटी
वडा नंं. ३ मीना गिरी/गोविन्द भट्टराई/किशोर पुरी
वडा नं. ४ ज्वाला वन/रविन्द्र चौधरी
वडा नंं. ५ राजाराम रेग्मी/कृष्ण महतो
वडा नंं. ६ लोकराज भुसाल
वडा नं. ७ लक्ष्मी कोइराला/अशोक दराई
वडा नंं. ८ विनोद बस्नेत/गोकर्ण महतो
वडा नं. ९ महादेवी खतिवडा/सुनिमाया चेपाङ
वडा नं. १० केशव आचार्य
वडा नं. ११ श्याम श्रेष्ठ/कृष्ण श्रेष्ठ
वडा नं. १२ पार्वती न्यौपाने/रामशरण नेपाल
वडा नं. १३ चित्रबहादुर भण्डारी/विरन्जना सापकोटा
वडा नं. १४ विकास राई, तुलसी पन्त
वडा नं. १५ नन्दबहादुर थापा
वडा नंं. १६ नगेन्द्र उप्रेती, हेमराज थापा
राप्ती नगरपालिका
वडा नं. १ शालिकराम पाठक
वडा नं. २ श्यामसुन्दर उप्रेती
वडा नं. ३ श्यामकृष्ण आचार्य
वडा नं. ४ इमानसिंह लामा
वडा नं. ५ दावादोर्जे लामा
वडा नंं. ६ हरिप्रसाद पौडेल/पुष्पा कुँवर
वडा नं. ७ गोविन्दप्रसाद कँडेल/घनश्याम कँडेल
वडा न. ८ श्यामलाल विक/सुशीला पौडेल थपलिया
वडा नंं. ९ प्रभा बराल
वडा नं. १० अमरबहादुर तामाङ
वडा नंं. ११ सीताराम बल
वडा नं. १२ रेशमलाल थिङ
वडा नं. १३ सिंहबहादुर गोले
खैरहनी नगरपालिका
वडा नं. १ जगन्नाथ आचार्य
वडा नंं. २ मुकुन्द दाहाल, मुकुन्द दवाडी
वडा नंं. ३ निलहरि थापा
वडा नं. ४ वेदबहादुर अधिकारी
वडा नंं. ५ छत्रनाथ सुवेदी
वडा नं. ६ गोपाल परियार, केशव भट्टराई
वडा नं. ७ झगरुप्रसाद चौधरी/केशव कँडेल
वडा नंं. ८ कमलराज पाठक
वडा नंं. ९ राजेन्द्र शिवाकोटी
वडा नं. १० कारी चौधरी
वडा नंं. ११ भरत भण्डारी/शेरबहादुर तामाङ
वडा नं. १२ कृष्ण चौधरी, शिव डल्लाकोटी
वडा नं. १३ कुलप्रसाद भुषाल, प्रेम केसी
कालिका नगरपालिका
वडा नं.१ खुमनारायण श्रेष्ठ (गोपी)
वडा नं. २ टीकाराज रिजाल/लक्ष्मण पौडेल
वडा नं. ३ पूर्ण बूढामगर/ऋषिराम मरहठ्ठा
वडा नं. ४ गोपालजी गुप्ता/कमला भट्टराई
वडा नं. ५ जयचन्द्र चौधरी/रेवति ढकाल
वडा नंं. ६ विनोद रेग्मी
वडा नं.७ केशव लामा/सुदर्शन अधिकारी
वडा न. ८ विमला लामा/भिष्म खनाल
वडा नंं. ९ पूर्ण पुरी
वडा नं. १० जीतबहादुर भट्टराई
वडा नंं. ११ लेखबहादुर थापा
ईच्छाकामना गाउँपालिका
वडा नं. १ नारायणप्रसाद अधिकारी
वडा नं. २ कृष्णप्रसाद सिलवाल
वडा नं. ३ चन्द्रमणि सापकोटा
वडा नंं. ४ प्रकाश अधिकारी
वडा नंं. ५ जुना राजभण्डारी
वडा नंं. ६ दानबहादुर गुरुङ
वडा नं. ७ बोधबहादुर गोले
भरतपुर महानगरपालिका
वडा नं. १ शारदा कुमाल
वडा नं. २ बद्री अधिकारी
वडा नं. ३ शान्ति अधिकारी
वडा नं. ४ बाबुराम खरेल
वडा नं. ५ शिवकुमारी गोतामे
वडा नंं. ६ दिलिप घिमिरे
वडा नं. ७ शम्भु सुवेदी
वडा नं. ८ हरि सापकोटा
वडा नंं. ९ हेमकला गैरे
वडा नं. १० कृष्णभक्त पोखरेल
वडा नंं. ११ तेजेन्द्रबहादुर खड्का
वडा नं. १२ विजय सुवेदी
वडा नं. १३ प्रकाश ढुंगाना
वडा नं. १४ शेरबहादुर थापा
वडा नं. १५ अनन्तप्रकाश सुवेदी
वडा नं. १६ विष्णुहरि तिमिल्सिना/दिलबहादुर खत्री
वडा नंं. १७ तुलसीराम पाण्डे
वडा नं. १८ विपुला दवाडी
वडा नं. १९ सुनिता अधिकारी
वडा नं. २० मेनुका रायमाझी
वडा नं. २१ दिव्य शर्मा आचार्य, तुलाराम विक
वडा नंं. २२ शंकर थपलिया
वडा नंं. २३ रामप्रसाद न्यौपाने
वडा नं. २४ निशा अधिकारी
वडा नं. २५ सूर्य जमरकट्टेल
वडा नं. २६ भूपालनाथ कँडेल
वडा नंं. २७ कृष्णप्रसाद भूर्तेल
वडा नंं. २८ जयमंगल कुमाल
वडा नं. २९ पुरुषोत्तम न्यौपाने
माडी नगरपालिका
वडा नं. १ श्रीप्रसाद दवाडी
वडा नं. २ नारायण अधिकारी
वडा नं. ३ कमल रामदाम/ताराकुमारी काजी महतो
वडा नं. ४ शिव सापकोटा/रामेश्वर महतो
वडा नं. ५ नारायण पौडेल
वडा नंं. ६ श्यामकुमार विष्ट
वडा नं. ७ रेशमलाल आचार्य
वडा नं. ८ जितबहादुर शाही/मथुरा भण्डारी
वडा नंं. ९ शिवहरि सुवेदी/शिवजी गायक
क्यान्सर अस्पताल शाखा: राजु पौडेल
रामपुर क्याम्पस शाखा: सुन्दर तिवारी/भीमप्रसाद सापकोटा
तोकिएका अलावा सम्बन्धित वडामा रहेका जिल्ला कमिटी र पालिका कमिटीका पदाधिकारी एवम् सदस्यहरु, जनसंगठनका पदाधिकारी तथा सदस्यहरु आआफ्नो वडाको जनपरिचालनको सहजीकरणमा लाग्ने जनाईएको छ।


























