कार्तिक २९ । नेपाली बजारमा साताको दोस्रो दिन आज सोमबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तीन सय रुपैयाँले घटेर प्रतितोला ९४ हजार ३०० रुपैयाँ कायम भएको हो। तेजाबी सुन आज प्रतितोला ९३ हजार ८०० रुपैयाँ कायम भएको छ।
चाँदीको मूल्य पनि आज घटेको छ। चाँदी तोलामा १५ रुपैयाँ घटेर एक हजार २८० रुपैयाँ कायम भएको छ।
Facebook Comments


























