कार्तिक २८ । बलिउड चलचित्र ‘सूर्यवंशी’ दर्शकले नेटफ्लिक्समा पनि हेर्न सक्ने भएका छन्। अक्षय कुमार अभिनित चलचित्र सूर्यवंशी ओटीटी प्ल्याटफर्ममा नेटफ्लिक्स महंगो रकम तिरेको छ।
बक्स अफिसमा राम्रो व्यापार गरिरहेको ‘सूर्यवंशी’ लाई नेटफ्लिक्सले सय करोड भारुमा किनेको हो। कोरोना महामारीपछि आक्रामक व्यापार गरिरहेको यो फिल्म नेटफ्लिक्समा ४ डिसेम्बरमा रिलिज हुने छ। कोरोनापछि ओटीटी प्ल्याटफर्ममा पहिलो पटक सूर्यवंशीलाई ठूलो रकम तिरिएको हो।
यो फिल्मले नेपालमा पनि राम्रो व्यापार गरिरहेको छ। तिहारमा प्रदर्शनमा आएको सूर्यवंशीले नेपालका हलमा पनि दर्शक फर्काउन महत्वपूर्ण भूमिका खेलेको छ।
Facebook Comments


























