कार्तिक २७ । नेपाल राष्ट्र बैंकले आज शनिवारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
जसअनुसार अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ८० पैसा र बिक्रीदर ११९ रुपैयाँ ४० पैसा रहेको छ। यसैगरी युरो एकको खरिददर १३५ रुपैयाँ ९० पैसा र बिक्रीदर १३६ रुपैयाँ ५८ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिददर १५९ रुपैयाँ १० पैसा र बिक्रीदर १५९ रुपैयाँ ९१ पैसा रहेको छ। कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३२ रुपैयाँ ८९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
Facebook Comments


























