चितवन, कार्तिक २६ । पछिल्लो २४ घण्टामा नेपालमा ३८९ जना कोरोनामुक्त भएका छन्। योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९७.७ प्रतिशत रहेको छ।
यस्तै, ३९७ जना नयाँ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा ३५५ जना र एन्टिजन परिक्षण गर्दा ४७ जना गरि जम्मा ३९७ जना नयाँ संक्रमित थपिएका हुन्।
त्यस्तै, पछिल्लो २४ घण्टामा घण्टामा मृतकको संख्या ३ रहेको छ। यस्तै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ४६९ रहेको छ।
पछिल्लो २४ घण्टामा ११ हजार ६६ जनाको कोरोना परिक्षण गरेका थिए भने ९३ हजार ६९५ जनाले खोप लगाएका थिए। हाल सक्रिय संक्रमितको संख्या ७ हजार ४९८ रहेको छ।
Facebook Comments


























