कार्तिक २६ । नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
जसअनुसार अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ९२ पैसा र बिक्रीदर ११९ रुपैयाँ ५२ पैसा रहेको छ। यसैगरी युरो एकको खरिददर १३६ रुपैयाँ ३५ पैसा र बिक्रीदर १३७ रुपैयाँ ०४ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिददर १५९ रुपैयाँ २९ पैसा र बिक्रीदर १६० रुपैयाँ १० पैसा रहेको छ। कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३२ रुपैयाँ ८३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
Facebook Comments


























