चितवन, कार्तिक २५ । माडीबाट भरतपुर तर्फ आउँदै गरेको यात्रुबहाक बसमा अचानक आगलागी भएको छ।
माडीबाट भरतपुरका लागि छुटेको ना ५ ख १०६६ नम्बरको यात्रुवहाक बसमा बिद्युत सट भई चितवन राष्ट्रिय निकुञ्ज भित्र बिहीवार दिउँसो आगलागी भएको हो। कसरामा कार्यरत नेपाली सेनाको टोलीले बसमा लागेको आगोलाई तत्कालै नियन्त्रणमा लिएर यात्रुहरुको उद्दार गरेको छ। सम्पूर्ण यात्रु सकुसल रहेकाछन्।
घटनाको विस्तृत विवरण आउन बाँकि छ।
Facebook Comments


























