कार्तिक २५ । अमेरिकी सरकारले ह्याकर पत्ता लगाउनेलाई एक करोड डलर पुरस्कार दिने घोषणा गरेको छ।
डार्कसाइड र्यानसमवेयरको कुनै पनि क्षेत्रको नेतृत्व गरिरहेको व्यक्ति अथवा उसका बारेमा कुनै पनि जानकारी दिने व्यक्तिका लागि अमेरिकी सरकारले यस्तो पुरुस्कारको घोषणा गरेको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन्।
साथै यससँग सम्बन्धित व्यक्तिको कुनै देशमा गिरफ्तारी वा दोषी ठहरिने जानकारी दिए अमेरिकाले ५० लाख डलर दिने बताएको छ।
अमेरिकी निकायले अक्टोबर महिनामा सार्वजनिक गरेको एक रिपोर्टका अनुसार २०२१ को पहिलो छ महिनामा मात्र ५९० मिलियन अमेरिकी डलर र्यानसमवेयर आक्रमणका कारण खर्च गरेको छ।
पछिल्लो समय साइबर आक्रमण बढिरहेको छ।
Facebook Comments


























