चितवन, कार्तिक २४ । कोहलपुरबाट सौराहा आउँदै गरेको बस नारायणगढको सडक छेउको घोलमा खसेको छ।
सौराहा घुम्ने यात्रु बोकेको भे २ ख २८३६ नम्बरको रिजर्भ बस आज बुधबार बिहान करिब साढे ८ बजे पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ लायन्सचोकमा रहेको घोलमा खसेको हो।
बसका चालकसहित बसमा सवार ४६ जना यात्रु सामान्य घाइते भएको वडा प्रहरी कार्यालय नारायणगढका प्रमुख प्रहरी निरीक्षक रघुसिंह विष्टले जानकारी दिए।
‘यात्रु सामान्य घाइते छन्। चार/पाँच जना यात्रु त आफूखुसी उपचार गर्न जानुभएछ। बसभित्रबाट प्रहरीले उद्दार गरेका ४० जनाको अवस्था पनि सामान्य छ’, उनले भने, ‘चालकसँग सोधपुछ गरेका छौँ। चालक पनि सामान्य घाइते छन्। उनलाई च्यापिएको अवस्थामा प्रहरीले उद्दार गरेको हो।’
बसका चालक रमेशकुमार कर्णले मापसे गरेका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीले आशंका गरेको छ।
Facebook Comments


























